Dhulikhel Eco Banner new

सामान्य अकंले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सामान्य वृद्धि

520
shares

काठमाडौं, २७ असोज । मंगलबार शेयर बजार सामान्य अकंले बढेको छ। शेयर बजार ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ वटाको घटेको छ। यस्तै, ७ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब ७३ करोड रूपैयाँ बढीको कारोबार भएको छ।

सामान्य अंकले बढेको शेयर बजारमा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १२.४४ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५.०० प्रतिशतका दरले गुमाएका छन् ।