सामान्य अकंले बढ्यो शेयर बजार, यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ असोज २७ मंगलवार १५:१८
shares

काठमाडौं, २७ असोज । मंगलबार शेयर बजार सामान्य अकंले बढेको छ। शेयर बजार ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ वटाको घटेको छ। यस्तै, ७ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब ७३ करोड रूपैयाँ बढीको कारोबार भएको छ।
सामान्य अंकले बढेको शेयर बजारमा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १२.४४ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि नेपाल लाइफ समृद्धि लगानी योजनाका लगानीकर्ताले ४.६२ प्रतिशतका दरले कमाएका छन् भने एनआईसी एसिया ग्रोथ फन्ड–२ का लगानीकर्ताले ४.५७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि ओरिएन्टल होटल्स लिमिटेडका लगानीकर्ताले ३.७४ प्रतिशतका दरले कमाएका छन् भने सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ३.१७ प्रतिशतका दरले कमाएका छन् ।

















