Dhulikhel Eco Banner new

सामान्य अकंले बढ्यो शेयर बजार, यी ५ कम्पनीले गुमाए सर्वाधिक

611
shares

काठमाडौं, २७ असोज । मंगलबार शेयर बजार सामान्य अकंले बढेको छ। शेयर बजार ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ वटाको घटेको छ। यस्तै, ७ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब ७३ करोड रूपैयाँ बढीको कारोबार भएको छ।

सामान्य अंकले बढेको शेयर बजारमा स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५.०० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १२.८७ प्रतिशतका दरले गुमाएका छन् भने एनआईसी एसिया सेलेक्ट फन्ड ३० का लगानीकर्ताले ५.२३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि कुथेली बुखारी साना जलविद्युत लिमिटेडका लगानीकर्ताले ४.५६ प्रतिशतका दरले गुमाएका छन् भने सिटी होटल लिमिटेडका लगानीकर्ताले ३.६५ प्रतिशतका दरले गुमाएका छन् ।