Dhulikhel Eco Banner new

स्वाभिमान लघुवित्तको लाभांश शून्य, सेयरधनीलाई बोनस र नगद दुवै नदिइने

624
shares

काठमाडौँ, २८ असोज ।  स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य नाफा सञ्चित गर्ने निर्णय गरेको हो।

संस्थाले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित वित्तीय विवरण स्वीकृत गरेको छ। ती विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेस गरिनेछ।

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि वित्तीय विवरण आगामी वार्षिक साधारणसभामा पेस गरिनेछ। साधारणसभाबाट पारित भएपछि मात्रै विवरणले अन्तिम स्वीकृति पाउनेछ।

यस निर्णयसँगै आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीले बोनस सेयर र नगद लाभांश दुवै पाउने छैनन्। संस्थाले भने वितरणयोग्य नाफा सञ्चित गर्ने निर्णय गरेको छ।