Dhulikhel Eco Banner new

दोर्दी खोला जलविद्युतको शेयर नेप्सेमा सूचीकृत

5.43K
shares

काठमाडौं, २९ असार । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पपनीको शेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९ पैसा देखि ३०७ रुपैयाँ १७ पैसा ओपनिङ रेन्ज कायम गरेको छ ।

बुधबार सूचीकृत भएको शेयर भोली बिहिबार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको शेयरलाई नेप्सेले डिओआरदी कारोबार संकेत प्रदान गरेको छ ।