लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सुमेद भट्टराई, चार वर्षे कार्यकाल
वि.सं.२०८३ असोज २८ बुधवार १४:२०
shares

काठमाडौँ,२८ असोज । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्।
बैंकको सञ्चालक समितिको असोज २७ गते बसेको ३३०औँ बैठकले भट्टराईलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। उनको चार वर्षे कार्यकाल २०८३ कात्तिक १५ गतेदेखि लागू हुनेछ।
भट्टराई यसअघि बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख कर्जा अधिकृतका रूपमा कार्यरत थिए। नयाँ नियुक्तिसँगै उनले बैंकको समग्र व्यवस्थापकीय नेतृत्व सम्हाल्नेछन्।
बैंकिङ क्षेत्रमा कर्जा व्यवस्थापन र संस्थागत नेतृत्वको अनुभव भएका भट्टराईको नियुक्तिलाई बैंकको आगामी व्यावसायिक रणनीति तथा व्यवस्थापनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।


















