Dhulikhel Eco Banner new

दोहोरो अकंले बढ्यो शेयर बजार, कारोबार रकममा भने घट्यो

637
shares

काठमाडौं, २८ असोज । बुधबार शेयर बजार दोहोरो अकंले बढेको छ। शेयर बजार २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा १८८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८० वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब १३ करोड रूपैयाँ बढीको कारोबार भएको छ।

दोहोरो अंकले बढेको शेयर बजारमा एसबीएल डिबेन्चर २०८९ का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.२१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.३२ प्रतिशतका दरले गुमाएका छन् ।