Dhulikhel Eco Banner new

दोहोरो अकंले बढ्यो शेयर बजार, यी ५ कम्पनीले गुमाए सर्वाधिक

429
shares

काठमाडौं, २८ असोज । बुधबार शेयर बजार दोहोरो अकंले बढेको छ। शेयर बजार २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा १८८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८० वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब १३ करोड रूपैयाँ बढीको कारोबार भएको छ।

दोहोरो अंकले बढेको शेयर बजारमा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.३२ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले ४.९५ प्रतिशतका दरले गुमाएका छन् भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ३.७५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ३.६४ प्रतिशतका दरले गुमाएका छन् भने सिटी होटल लिमिटेडका लगानीकर्ताले ३.३३ प्रतिशतका दरले गुमाएका छन् ।