हिमालयन हाइड्रोपावरको १९औँ साधारण सभा कात्तिक १९ गते पोखरामा
वि.सं.२०८३ असोज २९ बिहीवार ०७:५५
shares

हिमालयन हाइड्रोपावर लिमिटेडले आगामी कात्तिक १९ गते (बिहीबार) आफ्नो १९औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले पोखराको बिरौटास्थित ‘होटेल पोखरा ग्राण्ड’मा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो।
यस पटकको साधारण सभामा कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा हक हस्तान्तरण गर्ने विषय र कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव अघि सारेको छ। यसका साथै, आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाबसहितको वार्षिक लेखापरीक्षण प्रतिवेदन पारित गर्ने र चालु आव २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने सामान्य प्रस्ताव पनि अनुमोदनका लागि पेस गरिनेछ। सभाले एक जना स्वतन्त्र व्यावसायिक सञ्चालकको समेत नियुक्ति गर्ने कार्यसूची रहेको छ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले आगामी कात्तिक ११ गते सेयर दाखिला खारेजी (बुक क्लोज) गर्ने जानकारी दिएको छ। यसको अर्थ, सेयरधनी दर्ता पुस्तिका बन्द हुनुभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र उक्त सभामा सहभागिता जनाउन र मतदान गर्न पाउनेछन्।


















