Dhulikhel Eco Banner new

अपर हेवाखोलाले ९१.३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न सेबोनसँग माग्यो अनुमति

728
shares

काठमाडौं, २९ असोज।अपर हेवाखोला हाइड्रोपावर लिमिटेडले ९१.३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ।

कम्पनीले ५२ करोड ५० लाख रुपैयाँ बराबरको ५२ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित हकप्रद सेयरको अनुपात १ः०.९१३ रहेको छ। यसको अर्थ कम्पनीका विद्यमान सेयरधनीले आफूसँग रहेको प्रत्येक एक कित्ता सेयर बराबर ०.९१३ कित्ता हकप्रद सेयर खरिद गर्न पाउनेछन्।

कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।