Dhulikhel Eco Banner new

काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बस खुर्कोटमा दुर्घटना

663
shares

काठमाडौं, ३० असोज। काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटना हुँदा कम्तीमा ९ जना घाइते भएका छन्।
शुक्रबार दिउँसो बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर अगाडि बाप्र ०३–००१ ख २७७४ नम्बरको बस सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० विजय श्रेष्ठका अनुसार यात्रुहरूले होटलमा खाना खाएपछि बस अगाडि बढाउन ब्याक गर्ने क्रममा दुर्घटना भएको हो । बस पछाडि सार्दा पछाडिको चक्का नालामा परेपछि अनियन्त्रित भई सडकबाट तल खसेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

दुर्घटनालगत्तै पुगेको प्रहरी र स्थानीयको टोलीले घाइतेहरूको उद्धार गरेको छ। हालसम्म उद्धार गरिएका ९ जना घाइतेलाई उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पताल पठाइएको छ ।

बसमा कुल कति यात्रु सवार थिए भन्ने यकिन विवरण अझै खुल्न सकेको छैन। घटनास्थलमा अन्य घाइतेहरूको उद्धार कार्य भइरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।