Dhulikhel Eco Banner new

एनपीएल हेर्न जाने दर्शकका लागि इनड्राइभको निःशुल्क शटल बस, फ्यानलाई उपहार जित्ने अवसर

1.4K
shares

काठमाडौं,११ कार्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ हेर्न त्रिवि क्रिकेट मैदान जाने दर्शकका लागि इनड्राइभले निःशुल्क शटल बस सेवा उपलब्ध गराउने भएको छ।

प्रतियोगिताको आधिकारिक राइड–हेलिङ पार्टनर इनड्राइभले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरभित्र दर्शकलाई सम्बन्धित स्टेडियम गेटसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले निःशुल्क शटल बस सञ्चालन गर्ने जनाएको छ।

कम्पनीका अनुसार दर्शकले मैदान परिसरमा रहेका इनड्राइभका स्टलबाट निःशुल्क चियरिङ स्टिक, फेस स्टिकर र नारासहितका कार्ड प्राप्त गर्न सक्नेछन्। त्यस्तै, स्टलमा विभिन्न खेल तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुने अवसरसमेत उपलब्ध हुनेछ।

यी गतिविधिमा सहभागी दर्शकले तत्काल पुरस्कार जित्न सक्नेछन्। साथै, खेलका क्रममा आफ्नो टोलीलाई उत्साहजनक समर्थन गर्ने दर्शकमध्येबाट ‘कुल फ्यान अफ द म्याच’ छनोट गरिनेछ। छनोट हुने फ्यानले विशेष क्रिकेट किटसहितको उपहार ह्याम्पर प्राप्त गर्नेछन्।

एनपीएल हेर्न आउने दर्शकलाई मैदानसम्म पुग्न सहज बनाउने र खेलको माहोललाई थप उत्साहपूर्ण बनाउने उद्देश्यले इनड्राइभले यस्तो व्यवस्था गरेको हो।