Dhulikhel Eco Banner new

एलआरआर मोटर्सले सुरु गर्‍यो ‘स्काईवेल’ ईभीको डेलिभरी

624
shares

काठमाडौं, १७ कात्तिक। एलआरआर मोटर्सले लक्जरी चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘स्काईवेल’ ईभीको डेलिभरी सुरु गरेको छ। कम्पनीले नाडा अटो शो २०२६ मा प्राप्त बुकिङअनुसार ग्राहकलाई गाडी हस्तान्तरण गर्न थालेको जनाएको छ।

एलआरआर मोटर्सले नाडा अटो शो २०२६ मा स्काईवेलको बीई ११ मोडल सार्वजनिक गरेको थियो। उक्त अवसरमा करिब ४ सय वटा गाडी बुकिङ भएका थिए। अटो शोका क्रममा तथा त्यसपछि बुकिङ गरेका ग्राहकलाई कम्पनीले क्रमशः गाडी डेलिभरी दिन थालेको हो।

कम्पनीका अनुसार प्राप्त बुकिङअनुसार उत्पादक कम्पनीमार्फत गाडीहरू क्रमशः नेपाल आइरहेका छन्। सोहीअनुसार बुकिङ गरेका ग्राहकलाई चरणबद्ध रूपमा गाडी हस्तान्तरण गर्ने योजना बनाइएको कम्पनीले जनाएको छ।

कम्पनीले नेपालमा स्काईवेल बीई ११ का विभिन्न भेरियन्ट सार्वजनिक गरेको थियो। जसअनुसार ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ, ४१० किलोमिटर रेन्ज दिने कम्फर्ट भेरियन्टको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ र ४१० किलोमिटर रेन्ज दिने लक्जरी भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै, ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।