Dhulikhel Eco Banner new

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ

377
shares

काठमाडौं, १७ कात्तिक। डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये दुई जना पक्राउ परेका छन्। उनीहरूलाई मंगलबार बिहान (कात्तिक १७ गते) रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ बाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३२ वर्षीय रामबहादुर विक र २८ वर्षीय रेशम राना रहेका छन्। दुवै जना बलात्कारसम्बन्धी मुद्दामा सजाय भोगिरहेका कैदी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुरक्षा जाँचका क्रममा उनीहरू सवार सवारीसाधन रोकेर जाँच गर्ने क्रममा दुवै जनाले भाग्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

कारागारबाट फरार भएका बाँकी ६ कैदी भने अझै पक्राउ परेका छैनन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यसैबीच, कारागारबाट सुरुङ खनेर कैदीहरू फरार हुन सफल भएको घटनाबारे सुरक्षा कमजोरीको पक्षबाट समेत अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।