Dhulikhel Eco Banner new

धनतेरसकै दिन सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ५ हजार ९०० रुपैयाँ घट्यो

871
shares

काठमाडौं, २० कात्तिक। नेपाली बजारमा धनतेरसको दिन सुनचाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ। शुक्रबार चाँदी प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार चाँदी प्रतितोला तीन हजार ९२० रुपैयाँमा किनबेच भएको थियो।