Dhulikhel Eco Banner new

आशुतोष इनर्जीको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डको स्वीकृति

598
shares

काठमाडौं, २० कात्तिक ।आशुतोष इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले कात्तिक २० गते कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १२ लाख कित्ता साधारण शेयर निष्कासनका लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति दिएको हो।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले पाएको छ।

बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले अब निष्कासन तथा बिक्री प्रबन्धकमार्फत आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाउनेछ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा त्यसपछि सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने तयारी गरेको छ।