Dhulikhel Eco Banner new

दरबारमार्गको लिक्विड लाउन्ज बारमा आगलागी, नियन्त्रणका लागि दुई दमकल परिचालन

234
shares

काठमाडौं, २२ कात्तिक। काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ।

दरबारमार्गको महेन्द्र सालिकनजिक रहेको उक्त बारमा बिहान ८ बजेर ५५ मिनेटमा आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणमा लिन दुईवटा दमकल परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ।

आगलागीको कारण तथा क्षतिको विवरण भने हालसम्म सार्वजनिक भएको छैन। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।