Dhulikhel Eco Banner new

काठमाडौं–तराई फास्ट ट्र्याकको म्यादभित्र काम नसके ठेक्का तोडिने मन्त्री लाम्सालको चेतावनी

416
shares

काठमाडौं, ३ मंसिर । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ठेकेदार कम्पनीले संशोधित समयसीमाभित्र काम सम्पन्न गर्न नसके तत्काल ठेक्का सम्झौता तोडिने भौतिक पूर्वाधारमन्त्री सुनील लाम्सालले चेतावनी दिएका छन् ।

मकवानपुरमा आयोजित महादेवटार सुरुङमार्गको ब्रेकथ्रु समारोहलाई सम्बोधन गर्दै मन्त्री लाम्सालले आयोजना सम्पन्न गर्न सरकारले थप तीन वर्षभन्दा बढी समय खर्च गर्न नसक्ने स्पष्ट पारे ।

उनले द्रुतमार्गको सुरुवाती बिन्दुमा रहेका बाँकी समस्या समाधान गर्ने र अन्तिम चरणका ठेक्का प्रक्रिया छिटो टुंग्याउने योजना पनि सार्वजनिक गरे ।

सरकारले रणनीतिक महत्वको काठमाडौं–तराई द्रुतमार्गलाई निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य लिएको छ ।