काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा १२ दिनसम्म विद्युत् अवरुद्ध हुने, कुन क्षेत्रमा कहिले?
वि.सं.२०८३ मंसिर ३ बिहीवार ११:५४
shares

काठमाडौं, ३ मंसिर । नेपाल विद्युत् प्राधिकरण (एनईए) ले भूमिगत विद्युत् वितरण लाइन विस्तार तथा व्यवस्थापनको काम गर्न काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
प्राधिकरणका अनुसार मंसिर ३ गतेदेखि १४ गतेसम्म (नोभेम्बर १९ देखि ३० सम्म) विभिन्न स्थानमा निर्धारित तालिकाअनुसार विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ । यसबाट सम्बन्धित क्षेत्रमा अधिकतम साढे ५ घण्टासम्म विद्युत् अवरुद्ध हुनेछ ।
प्राधिकरणको तालिकाअनुसार नैकाप, बलम्बु, थानकोट, सिफल, कालोपुल, साटुंगल, कोटेश्वरलगायत आसपासका क्षेत्र प्रभावित हुनेछन् । ती क्षेत्रहरूमा फरक–फरक दिन विद्युत् कटौती गरिनेछ ।
प्राधिकरणले प्रतिकूल मौसम भएमा निर्धारित विद्युत् कटौती कार्यक्रम रद्द हुन सक्ने पनि स्पष्ट पारेको छ ।
विद्युत् अवरुद्ध हुने तालिका हेरेर आवश्यक तयारी गर्न तथा आधिकारिक सूचनामार्फत आफ्नो क्षेत्रको विद्युत् कटौती हुने समय यकिन गर्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।

















