Dhulikhel Eco Banner new

प्रधानमन्त्रीको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति लिने तयारी, आज बैठक बस्दै

338
shares

काठमाडौं, ४ मंसिर ।  प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको कार्यतालिका र एजेन्डालाई अन्तिम रूप दिन आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्रीको औपचारिक भारत भ्रमण मुख्य एजेन्डाका रूपमा रहनेछ ।

बैठकले भ्रमणको मिति, भारतीय पक्षसँग हुने भेटघाटको समयसीमा र द्विपक्षीय छलफलका विषयलाई अन्तिम रूप दिँदै औपचारिक स्वीकृति दिने तयारी गरेको छ ।

मन्त्रिपरिषद्बाट भ्रमणसम्बन्धी निर्णय भएपछि परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीको भारत भ्रमणबारे आधिकारिक जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ ।

नयाँ राजनीतिक नेतृत्वको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ । भ्रमणका क्रममा द्विपक्षीय हित, पारवहन, ऊर्जा व्यापार तथा आपसी सम्बन्धका विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।