लक्ष्मी लघुवित्तले घोषणा गर्यो लाभांश
वि.सं.२०८३ मंसिर ४ शुक्रवार १०:२२
shares

काठमाडौं, ४ मंसिर। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्तले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांशमध्ये ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ ।
मंसिर ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । त्यसपछि आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ ।
लक्ष्मी लघुवित्तले पछिल्ला तीन आर्थिक वर्षदेखि शेयरधनीलाई लाभांश वितरण गरेको छैन । यसअघि आर्थिक वर्ष २०७८/७९ मा संस्थाले १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

















