स्वावलम्बन लघुवित्तको रजिष्ट्रारमा हिमालयन क्यापिटल
वि.सं.२०७९ असार ३१ शुक्रवार १६:३१
5.53K
shares
shares

काठमाडौं, ३१ असार । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडसँगको शेयर रजिष्ट्रारसम्बन्धी सम्झौता २०७९ असारमसान्तमा समाप्त हुने हुँदा साउन १ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्ररमा हिमालयन क्यापिटललाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिइएको हो ।
अब कम्पनीको शेयर रजिष्ट्रारसम्बन्धी कार्यहरू हिमालयन क्यापिटल लिमिटेडबाट हुनेछन् ।



















