Dhulikhel Eco Banner new

देशभरको मौसम सफा रहने, तराईमा हुस्सुको सम्भावना

468
shares

काठमाडौँ — देशभर आज (मंगलबार) मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले दिनभर घाम लाग्ने र मौसम सामान्य रहने महाशाखाको विश्लेषण छ ।

आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । बाँकी प्रदेशहरूमा भने रातको समयमा पनि आकाश सफा नै रहनेछ ।

यसैगरी, तराईका भू–भाग, उपत्यका तथा नदी खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।