Dhulikhel Eco Banner new

काठमाडौंमा ९२ कोठाको ‘आइबिस स्टाइल्स’ होटल निर्माणका लागि एकोर सँग समझदारी

832
shares

काठमाडौं, ८ मंसिर । नेपालको होटल तथा पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय होटल ब्रान्डको उपस्थिति विस्तार गर्ने क्रममा होटल व्यवसायी निराजन थापाले विश्वव्यापी होटल समूह Accor सँग नयाँ साझेदारी गरेका छन्।

थापा र Accor समूहअन्तर्गतको AAPC India Hotel Management Company Pvt. Ltd. बीच काठमाडौंको बुढानीलकण्ठमा ९२ कोठाको प्रस्तावित ‘ibis Styles’ होटल विकास तथा व्यवस्थापनका लागि समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको हो।

Hotel Sabrina Limited का अध्यक्षसमेत रहेका थापाको नेतृत्वमा Accor समूहसँग अघि बढाइएको यो दोस्रो होटल परियोजना हो। यसअघि उनको नेतृत्वमा Accor को प्रिमियम लाइफस्टाइल ब्रान्ड ‘TRIBE Kathmandu’ परियोजना अघि बढिरहेको छ।

प्रस्तावित TRIBE Kathmandu होटलमा १०१ कोठाका साथै क्यासिनो तथा विभिन्न आतिथ्य र लाइफस्टाइलसम्बन्धी सुविधा रहने जनाइएको छ। उक्त परियोजना सन् २०२७ को अन्त्यसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

यी दुई परियोजनामार्फत Accor समूहका ‘TRIBE’ र ‘ibis Styles’ गरी दुई फरक अन्तर्राष्ट्रिय होटल ब्रान्ड काठमाडौंमा विस्तार गर्ने योजना अघि बढाइएको छ।

प्रस्तावित होटल परियोजनाहरूले नेपालको आतिथ्य तथा पर्यटन क्षेत्रमा लगानी र रोजगारीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। यद्यपि, दुवै परियोजनाको निर्माण तथा सञ्चालनसम्बन्धी थप विवरण उपलब्ध गराइएको छैन।