Dhulikhel Eco Banner new

एनएमबि बैंकलाई भिसा लिडरसिप कन्क्लेभमा दुई अवार्ड

819
shares

काठमाडौं, ८ मंसिर । एनएमबि बैंक लिमिटेडले भिसा (Visa) द्वारा आयोजित ‘Visa Leadership Conclave’ मा दुईवटा अवार्ड प्राप्त गरेको छ।

बैंकका अनुसार डिजिटल भुक्तानी तथा कार्ड सेवासम्बन्धी योगदानका आधारमा बैंकलाई ‘Excellence in Product Innovation’ र ‘Excellence in Consumer Debit Cards Business – Principal Client’ अवार्ड प्रदान गरिएको हो।

बैंकले डिजिटल भुक्तानी तथा बैंकिङ सेवाअन्तर्गत डेबिट कार्ड र अन्य डिजिटल सुविधामार्फत ग्राहकलाई वित्तीय कारोबारको सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकका डेबिट कार्डमार्फत ग्राहकले स्वदेश तथा विदेशमा वित्तीय कारोबार गर्न सक्ने व्यवस्था रहेको छ।

एनएमबि बैंकले हाल देशभर १९६ शाखा, १७६ एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ।