Dhulikhel Eco Banner new

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान

988
shares

काठमाडौं, ८ मंसिर । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एक विद्यार्थीलाई ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ।

बैंकले स्व. सीताराम प्रसाईको स्मृतिमा स्थापना गरेको ‘सीताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ झापाको मेचीनगर नगरपालिका–१४ स्थित श्री सीताराम सामुदायिक अंग्रेजी विद्यालयमा अध्ययनरत छात्रा मुस्कान खातुनलाई प्रदान गरेको हो।

सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त छात्रवृत्ति स्थापना गरिएको बैंकले जनाएको छ।

विद्यालयमा आयोजित कार्यक्रममा बैंकका शाखा प्रबन्धकले विद्यालयका प्रधानाध्यापकमार्फत छात्रवृत्तिबापतको ५० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए।

बैंकका अनुसार उक्त कार्यक्रम आर्थिक अवस्थाका कारण विद्यार्थीको अध्ययनमा पर्न सक्ने अवरोधलाई सम्बोधन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।

यसैबीच, महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ।