Dhulikhel Eco Banner new

समता घरेलु लघुवित्तले १२ पदमा कर्मचारी माग्यो, मंसिर १७ गतेसम्म आवेदन दिन सकिने

884
shares

काठमाडौं, ८ मंसिर । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न १२ पदमा कर्मचारी माग गरेको छ। संस्थाले कर्मचारी आवश्यकता सम्बन्धी सूचना जारी गर्दै व्यवस्थापकीय, अधिकृत, सहायक तथा प्रशिक्षार्थी तहका पदमा दरखास्त आह्वान गरेको हो।

संस्थाले जारी गरेको विज्ञापनअनुसार वरिष्ठ प्रबन्धक, प्रबन्धक र सहायक प्रबन्धक पदमा एक/एक जना कर्मचारी माग गरेको छ। त्यस्तै, वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी पदमा समेत कर्मचारी माग गरिएको छ।

विज्ञापनमा उल्लेख भएअनुसार व्यवस्थापकीय तथा अधिकृत तहका पदका लागि सम्बन्धित शैक्षिक योग्यता र कार्यअनुभव आवश्यक पर्नेछ। सहायक तथा अन्य पदका लागि पनि पदअनुसार शैक्षिक योग्यता र अनुभवको व्यवस्था गरिएको छ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको आधिकारिक वेबसाइट www.samata.org.np को Career Section मा गई Apply on Current Vacancy मा क्लिक गरेर अनलाइन आवेदन दिन सक्नेछन्। विज्ञापनमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर पनि आवेदन प्रक्रियामा जान सकिने व्यवस्था गरिएको छ।

संस्थाले आवेदन दिने अन्तिम मिति २०८२ साल मंसिर १७ गते तोकेको छ। उम्मेदवारको छनोट संस्थाले निर्धारण गरेको प्रक्रिया तथा विज्ञापनमा उल्लेखित मापदण्डअनुसार गरिनेछ।