महालक्ष्मी विकास बैंकद्वारा झापाकी विद्यार्थी मुस्कान खातुनलाई ५० हजार रुपैयाँ छात्रवृत्ति
वि.सं.२०८३ मंसिर ९ बुधवार १०:०३
shares

काठमाडौं, ९ मंसिर । महालक्ष्मी विकास बैंक लिमिटेडले झापाको मेचीनगर–१४ स्थित श्री सीताराम सामुदायिक अंग्रेजी विद्यालयमा अध्ययनरत विद्यार्थी मुस्कान खातुनलाई ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकले स्वर्गीय सीताराम प्रसाईंको स्मृतिमा स्थापना गरेको ‘सीताराम प्रसाईं महालक्ष्मी मेधावी विद्यार्थी छात्रवृत्ति’ कार्यक्रमअन्तर्गत खातुनलाई उक्त छात्रवृत्ति प्रदान गरेको हो ।
सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा शैक्षिक रूपमा मेधावी विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले उक्त छात्रवृत्ति स्थापना गरिएको बैंकले जनाएको छ ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकका शाखा प्रबन्धकले विद्यालयका प्रधानाध्यापकम्ार्फत विद्यार्थी खातुनलाई छात्रवृत्ति रकम हस्तान्तरण गरेका थिए ।
आर्थिक अभावका कारण विद्यार्थीको शैक्षिक प्रगतिमा बाधा नपुगोस् र उनीहरूले आफ्नो अध्ययनलाई निरन्तरता दिन सकून् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
यसैबीच, बैंकले ग्राहकलाई थप सहज र उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब पनि सञ्चालनमा ल्याएको छ ।
















