मंसिर २९ मा हिमालयन इनर्जीको साधारण सभा, आईपीओ निष्काशन मुख्य एजेन्डा
वि.सं.२०८३ मंसिर ९ बुधवार १०:२०
130
shares
shares

हिमालयन इनर्जी लिमिटेडले आगामी मंसिर २९ गते वार्षिक साधारण सभा डाकेको छ। मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम भक्तपुरको होटल भादगाउँमा बिहान ११:३० बजे सभा आयोजना हुने कम्पनीले जनाएको छ।
साधारण सभाको विशेष प्रस्तावतर्फ सर्वसाधारण समूहका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने र निष्काशनबाट प्राप्त हुने पुँजीको परिचालनसम्बन्धी एजेन्डा पारित गर्ने कार्यसूची छ। यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधनका क्रममा नियमनकारी निकायबाट निर्देशन आएमा आवश्यक फेरबदल गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने प्रस्तावसमेत अनुमोदन गरिनेछ।
सामान्य प्रस्तावतर्फ आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने एजेन्डा छ। यस्तै, गत आर्थिक वर्षमा सञ्चालक समितिबाट भएका निर्णयहरूको अनुमोदन र आन्तरिक लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

















