Dhulikhel Eco Banner new

सिद्धार्थ बैंकलाई भिसा इन्टरनेसनलद्वारा दुई उत्कृष्टता अवार्ड प्रदान

273
shares

काठमाडौं, ९ मंसिर । सिद्धार्थ बैंक लिमिटेडलाई विश्वप्रसिद्ध भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेसनलले ‘भिसा लिडरसिप कन्क्लेभ’ (Visa Leadership Conclave) कार्यक्रममा दुईवटा प्रतिष्ठित अवार्डबाट सम्मानित गरेको छ ।

बैंकले कार्ड व्यवसायमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा भिसाले दुई विधामा अवार्ड प्रदान गरेको हो ।

बैंकले प्राप्त गरेका अवार्डहरू÷

  1. एक्सिलेन्स इन कन्ज्युमर प्रिपेड कार्ड्स बिजनेस (Excellence in Consumer Prepaid Cards Business)
  2. एक्सिलेन्स इन कन्ज्युमर क्रेडिट कार्ड्स बिजनेस (Excellence in Consumer Credit Cards Business)

ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यअनुरूप सिद्धार्थ बैंकले क्रेडिट कार्ड तथा प्रिपेड कार्ड सेवामा उल्लेखनीय रूपमा बजार विस्तार गर्दै आएको जनाएको छ । यी उपलब्धिले बैंकको सेवा गुणस्तर, प्रविधिमैत्री नीति तथा बजारमा बढ्दो विश्वासलाई पुष्टि गरेको बैंकको भनाइ छ ।

बैंकका अनुसार २०८३ असार मसान्तसम्म बैंकहरूले कुल ३ लाख ३० हजार क्रेडिट कार्ड जारी गरिसकेका छन् । तीमध्ये सिद्धार्थ बैंकको हिस्सा करिब ६९ हजार क्रेडिट कार्ड रहेको छ । यस आधारमा क्रेडिट कार्ड बजारमा बैंकको हिस्सा करिब २१ प्रतिशत रहेको देखिन्छ ।

त्यसैगरी, २०८३ असार मसान्तसम्म बजारमा २ लाख ८० हजार प्रिपेड कार्ड जारी भइसकेका छन् । तीमध्ये सिद्धार्थ बैंकको हिस्सा करिब ४२ हजार कार्ड रहेको बैंकले जनाएको छ ।

क्रेडिट कार्ड सुविधालाई थप प्रभावकारी तथा सहज बनाउने उद्देश्यले बैंकले मंसिर २९, २०८३ सम्म ग्राहकलाई लाइफटाइम फ्रि क्रेडिट कार्डका लागि आवेदन दिन सकिने सुविधा पनि उपलब्ध गराएको छ ।