Dhulikhel Eco Banner new

उपकार लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा बिमल खनाल नियुक्त

923
shares

काठमाडौं, ११ मंसिर । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बिमल खनाल नियुक्त भएका छन् ।

यसअघि संस्थाको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका खनाललाई संस्थाले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

वित्तीय संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको ११८औँ बैठकले खनाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उक्त निर्णयअनुसार खनालले मंसिर १४ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।