आइएमई लाइफले व्यतीत बीमालेख नवीकरणमा ४० प्रतिशत छुट दिने
वि.सं.२०८३ मंसिर ११ शुक्रवार १६:५६
273
shares
shares

काठमाडौं, ११ मंसिर । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा लाग्ने जरिवाना शुल्कमा ४० प्रतिशत छुट दिने भएको छ ।
कम्पनीले सूचना जारी गर्दै यस्तो छुट सुविधा सार्वजनिक गरेको हो । कम्पनीका अनुसार आगामी मंसिर २२ गतेसम्म व्यतीत बीमालेख नवीकरण गराउने बीमितले जरिवाना शुल्कमा ४० प्रतिशत छुट पाउनेछन् ।
यो सुविधा मंसिर २२ गतेसम्म मात्र उपलब्ध हुनेछ ।

















