लक्ष्मी सनराइज बैंकको सेयर मूल्य समायोजन, सोमबार २७३.३३ रुपैयाँमा कारोबार खुल्ने
वि.सं.२०८३ मंसिर ११ शुक्रवार १६:५३
676
shares
shares

काठमाडौं, ११ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणापछि सेयर मूल्य समायोजन गरेको छ ।
नेप्सेले बैंकको सेयर मूल्य प्रतिकित्ता २७३ रुपैयाँ ३३ पैसा कायम गरेको छ । यसअघि बैंकको सेयरको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २८७ रुपैयाँ थियो ।
समायोजित मूल्यलाई सोमबारको कारोबार सत्रका लागि आधार मूल्यका रूपमा लिइनेछ ।
बोनस सेयर घोषणाका कारण मूल्य समायोजन गरिएको हो । यस्तो समायोजनले बजारमा कम्पनीको वास्तविक मूल्य घटेको जनाउँदैन ।

















