Dhulikhel Eco Banner new

साउन १३ मा खुल्दै सयपत्री हाइड्रोको आईपीओ

8.39K
shares

काठमाडौं, ४ साउन । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारनकासाउन १३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ जारी गरे पछि अब सर्वसाधारणका लागि पनि आईपीओ जारी गर्ने लागेको हो ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरेर शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले ७ लाख २१ हजार ६० कित्ता शेयर साधारणका लागि निष्काशन गर्न लागेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहने ६ लाख ७० हजार ५८६ कित्ता साधारण शेयरका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीको शेयरमा आवेदन दिने समयत छिटोमा १७ गते हुनेछ भने ढिलोमा साउन २७ गते रहने छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।