Dhulikhel Eco Banner new

श्वेत गंगाको आईपीओ खुल्यो

5.86K
shares

काठमाडौं, ४ साउन । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ आजदेखि बिक्री खुल्ला भएको छ । कम्पनीले आज (साउन ४ गते) देखि आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर आयोजना प्रभावितका लागि खुल्ला गर्ने भएको छ । १०० रुपैयाँ अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावितका लागि निष्काशन गरिएको छ ।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले २२ लाख ७० हजार २५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा साउन ८ गते हुनेछ भने ढिलोमा साउन १८ गते हुनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै, मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितका लागि बिक्री भएर बाँकी रहेको शेयर थपेर सर्वसाधारणका लागि कम्पनीले आईपीओ जारी गर्ने छ ।