Dhulikhel Eco Banner new

फेरि बढ्दै कोरोनाको त्रास

6.6K
shares

काठमाडौं, ४ साउन । पछिल्लो समय नेपालमा फेरि कोरोनाको त्रास बढ्न थालेको छ । केही समय मत्थर देखिएको यो भाइरसबाट नेपाल दैनिक रुपमा संक्रमित हुनेको संख्या बढेसँगै सर्वसाधारणमा पुनः त्रास उत्पन्न भएको हो ।

कतै फेरि लकडाउन त हुने होइन भन्ने शंकाहरु समेत उत्पन्न हुन थालेका छन् । अहिले औसतमा दैनिक २०० को हाराहारी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ भने नेपालमा करिब तीन महिना पछि सोमबार एक जनाको मृत्यु समेत भएको छ । जसबाट आम जनमानसमा पुनः त्रास उत्पन भएको छ ।

नेपालमा मंगलबार मात्रै २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सोमबार एक जनाको मृत्यु भएको थियो भने ३८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । पछिल्लो सात दिनको अधिमा नेपालमा १ हजार ५०२ जनामा कोरोना संक्रण पुष्टि भएको छ भने एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले कोरोनाका संक्रिय संक्रमितको संख्या १ हजार ९८२ जना रहेको छ । कोरोनाबाट ११ हजार ९४५ जनाले ज्यान गुमाएका छन् भने ९ लाख ८२ हजार ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ९ लाख ६८ हजार १२६ जना निको भएका छन् ।