सुनको भाउमा सामान्य वृद्धि
वि.सं.२०७९ साउन ४ बुधवार १२:५७
6.42K
shares
shares

काठमाडौं, ४ साउन । । आज सुनको भाउमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा २०० रुपैयाँले र चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ ।
मंगलवारका दिन सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो र चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ ।


















