हिमाल दोलखा हाइड्रोपावरले हकप्रद शेयर जारी गर्ने
वि.सं.२०७९ साउन १४ शनिवार १०:३९
5.12K
shares
shares

काठमाडौं, १४ साउन । हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।
कम्पनीले हकप्रद शेयर जारी गर्नको लागि आगामी साधारणसभामा प्रस्ताव लैजाने भएको हो ।
कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजीको ७५ प्रतिशत अर्थात १ बराबर ०.७५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो ।
हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३ गते लिसारा हल नक्सालमा साधारणसभा बोलाएको छ । सभामा हकप्रदमार्फत पूँजी बृद्धि गरी २ अर्ब ८० करोड रुपैयाँ पुर्याउन प्रस्ताव लैजाने भएको छ ।















