Dhulikhel Eco Banner new

बीमा समितिले किन बोलायो बीमा कम्पनीका सीईओलाई ?

6.93K
shares

काठमाडौं, १५ साउन । बीमा समितिले सबै बीमा कम्पनीलाई छलफलका लागि बोलाएको छ । बाँकेका सर्जन विकको हत्या प्रकरण पछि रिलायन्स लाईफ सहित सबै कम्पनीका सीईओहरुलाई छलफलका लागि बोलाएको हो ।

रिलायन्स लाईफ इन्स्योरेन्समा बीमा गरेका सर्जन विकको हत्या गरेर बीमा रकम भुक्तानी भएको भएको थियो । त्यस विषयमा कम्पनीलाई स्पष्टीकरण सोध्ने तथा अन्य कम्पनीहरुलाई पनि यस्ता समस्याको निकारणको लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफलका लागि बोलाईएको समितिका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

सबै कम्पनीका सीईओहरुलाई दिउसो ३ बजे छलफलका लागि बोलाईको उनले बताए । साथै यस घटनासँग सम्बन्धित सम्पुर्ण विवरणहरु माग गरि आगामी दिनमा के गर्न सकिन्छ भन्ने बिषय छलफलको हुने छ ।

घटनामा कम्पनीको तर्फबाट मिलोमतो भएमा बीमा ऐन अनुसार आवश्यक कार्वाही गर्ने बिषयमा समेत छलफल हुने जनाएको छ । त्यस्तै, कम्पनीकोे कर्मचारीहरुको मिलोमतो भएमा त्यस सम्बन्धी बिषयमा समेत स्पष्टिकरण सोधिने समितिले जनाएको छ ।