बढ्दो क्रममा शेयर बजार, आज ५४ अंकको वृद्धि
वि.सं.२०७९ साउन १५ आइतवार १५:२६
4.59K
shares
shares

काठमाडौं, १५ साउन । साताको पहिलो कारोबारको दिन नेप्से परिसुचक ५४ दशमलव ५८ अंकले बढेको छ । आइतबार नेप्से परिसुचक २ दशमलव ५५ प्रतिशले बढेर २१९५ दशमलव १० बिन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसँगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ७२ अंकले बढेको छ । दिनभर भएका ६७ हजार ७ सय ४० कारोबारबाट २२० कम्पनीका १ करोड १३ लाख ३९ हजार ४ सय ७६ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज भएको सम्पूर्ण कारोबार ४ अर्ब ६० कारेड ९७ लाख ९१ हजार २ सय ७२ पुगेको छ ।














