Dhulikhel Eco Banner new

अर्थमन्त्रीमा पुन: जनार्दन शर्मा नियुक्त

5.38K
shares

नयाँ अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयबाट जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेको उल्लेख गरिएको छ ।

मन्त्री नियुक्तपछि हाल प्रधानमन्त्रीले सम्हाल्दै आएको अर्थ मन्त्रालयको जिम्मेवारी शर्मालाई दिइएको विज्ञप्तिमा उल्लेख छ । आजै नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार पार्टी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका थिए ।