Dhulikhel Eco Banner new

स्वाभिमान लघुवित्तको नाफा ५ करोड बढी

5.59K
shares

काठमाडौं, १८ साउन । स्वाभिममान लघुवित्त वित्तीय संस्थाकोले ५ करोड बढी खुद नाफा आर्जन गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको असार मसान्तसम्म ५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थाका लागि कम रकम छुट्याएका कारण लघुवित्तको नाफामा झिनो सुधार भएको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.३५ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १६.४५ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ९ करोड ६१ लाख रुपैयाँ ऋणात्मकबाट ६ करोड ६८ लाख रुपैयाँ धनात्मक भएको छ।

खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ ५९ पैसा घटेर ४३ रुपैयाँ २८ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३६.०७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ २३ पैसा रहेको छ।

१२ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड १८ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्त सापटी २६.६५ प्रतिशत, निक्षेप ३०.०८ प्रतिशत र कर्जा ४०.०५ प्रतिशत बढेको छ।