राष्ट्र बैंकद्धारा नयाँ निर्देशिका जारी (पूर्णपाठ)
वि.सं.२०७९ साउन १८ बुधवार १८:०९
shares

काठमाडौं, १८ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरेपछि बुधबार एकीकृत निर्देशिका जारी गरेको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकामा कोरोनाको समयमा बैंक तथा वित्तीय संथा, निजी क्षेत्र र ऋणीलाई दिएको सबै सुविधा कटौती गरेको छ । यस्तै केही नयाँ व्यवस्था पनि गरेको छ ।
नेपाल राष्ट्र बैंकले ऋणपत्र रकमलाई शर्तसहित कर्जा निक्षेप अनुपातमा गणना गर्न दिने व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा ऋणपत्र रकमलाई २०८० साल असार मसान्तसम्म निक्षेपको स्रोतमा गणना गर्न दिने व्यवस्था गरेको थियो ।















