नेप्सेका प्रवन्धकले भने– नयाँ स्टक एक्सचेञ्ज चाहिन्छ
वि.सं.२०७९ साउन १९ बिहीवार १९:५०
7.46K
shares
shares

काठमाडौं, १९ साउन । नेपाल स्टक एक्सचेञ्जका प्रवन्धक निरञ्जन फुयाँलले नेपालमा थप अर्को स्टक एक्सचेञ्ज चाहिने बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले छुट्टै स्टक एक्सचेञ्जको आवश्यकता रहेको बताएका हुन् ।
नेप्सेका प्रवन्धकले भने– नयाँ स्टक एक्सचेञ्ज चाहिन्छआफै नेप्सेको उच्च व्यवस्थापन तहमा भएका फुयाँलले शेयर बजारलाई थप व्यवस्थित बनाउका लागि छुट्टै स्टक एक्सचेञ्ज चाहिने बताएका हुन् । उनले आफू नेप्सेमा भएको केहीबेरलाई विर्सिदिन आग्रह गर्दै यस्तो धारणा राखेका हुन् ।















