अर्थमन्त्रीको प्रेस बिज्ञमा धिताल नियुक्त
वि.सं.२०७९ साउन २० शुक्रवार १३:५९
shares

काठमाडौं, २० साउन । अर्थमन्त्री जनार्दन शर्माको प्रेस बिज्ञको रुपमा मनऋषि धिताल नियुक्त भएका छन् ।
युद्धकालमा जनताका बीचमा चर्चित जनादेश साप्ताहिकका पूर्व सम्पादक १० वर्षे जनयुद्धमा तत्कालिन नेकपा माओवादीको मुख पत्र जनादेश भूमिगत शैलीमा लाखौं प्रति देशका कुना काप्चामा पुग्ने गर्दथ्यो ।
अर्थमन्त्री सचिवालय स्रोतका अनुसार पत्रकार मनऋषि धिताल अर्थमन्त्री जनार्दन शर्माको प्रेस बिज्ञको रुपमा नियुक्त भएका छन् ।
करिब तीन दशकदेखि पत्रकारितामा सक्रिय धितालले अर्थमन्त्रालयलाई सञ्चार माध्यममैत्री र सञ्चार जगतसँग अझै नजिक ल्याउने विश्वास गरिएको छ ।



















