Dhulikhel Eco Banner new

आजको मौसमः हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

637
shares

काठमाडौं, २२ कात्तिक।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र बाँकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।