Dhulikhel Eco Banner new

हिमालयन हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

5.45K
shares

काठमाडौं, २० साउन । शुक्रवार हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव यो शेयर आइवतार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले रू। ७६ दशमलव ३३ देखि २२८ दशमलव ९९ ओपन रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको ९ लाख कित्ता,सर्वसाधारणको लागि निष्कासन गरेको १३ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरुको लगानी गरेको ८७ लाख कित्ता गरेर कुल १ करोड ९ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

कम्पनीको स्टक सिम्बोल एचएचएल रहेको छ । साथै कम्पनीले शेयर सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा ग्लोबल आईएमई क्यापिटल लिमिटेडबाट दिने नेप्से मार्फत जानकारी गराएको हो ।