नेशनल हाइड्रोपावरको भदौ १० गते साधारणसभा, के के छन् एजेण्डा ?
वि.सं.२०७९ साउन २५ बुधवार १०:५३
5.11K
shares
shares

काठमाडौं, २५ साउन । नेशनल हाइड्रोपावरको विशेष साधारणसभा गर्ने भएको छ । कम्पनीको साउन २३ गते बसेको बैंठक अनुसार सभा बिहान ११ बजे हुने भएको हो ।
सभाले बोनस शेयर वितरण र सुनकोशी हाइड्रोपावरको प्राप्ति पश्चात हुन आउने चुक्ता पुजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य प्रस्तावहरु छलफल सहित पारित गर्ने जनाएको छ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ २ गते एक दिन बुक क्लोज गर्ने छ । सभा डेलिस ओपेरा रेष्ट्रो एण्ड बैक्वेट वालुवाटार काठमाडौंमा हुने छ कम्पनीले जनाएको छ।



















