पानीमाथि उफ्रिएका माछा समात्ने प्रतियोगिता
वि.सं.२०७९ भदौ १ बुधवार १६:२८
4.16K
shares
shares

काठमाडौं, १ भदौ । अमेरिकामा नदी माथि उफ्रिएका माथा समात्ने अनौठो प्रतियोगिता आयोजना गरिन्छ । त्यहाँको इलिनोई नदीमा पानीमाथि उफ्रिएका माछा समात्ने अनौठो प्रतियोगिता आयोजना गरिन्छ ।
सत्र वर्षअघि सुरु भएको यो प्रतियोगितामा प्रतियोगीहरूले इलिनोई नदीमा एशियन कार्प जातको माछा समात्छन् । उक्त माछा त्यहाँको रैथानै हैन र मिचाहा प्रजातिको माछा हो । त्यसले ग्रेट लेक्स क्षेत्रको पारिस्थितिक प्रणालीमा चुनौती थपिदिएको छ ।















