Dhulikhel Eco Banner new

बैंक अफ काठमाण्डूले भोलिदेखि ऋणपत्र जारी गर्दै

4.07K
shares

काठमाडौं, १ भदौ । बैंक अफ काठमाण्डू लिमिटेडले बिहीवार अर्थात् भदौ २ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले सात वर्ष अवधिको १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको ‘बिओके डिवेञ्चर, २०८६’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता रू। १ हजार अंकित दरका  १ अर्ब १० करोड बराबरका ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात्  ६६ करोड बराबरको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने  ४४ करोड बराबरको ४० प्रतिशत अर्थात् ४ लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।

सर्वसाधारणलाई विक्री गर्ने ४ लाख ४० हजार कित्तामध्ये २२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ । बाँकी रहेको ४ लाख १८ हजार कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । आवेदकले न्यूनतम २५ कित्ता ऋणपत्र र अधिकतम १ लाख कित्ता ऋणपत्रको लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्रमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ १६ गतेसम्म समय थप हुनेछ । ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।